२०८१ मंसिर १२, बुधवार , ०८:०७:३८ बजे

Sajhamanch
'

सहरेडाँगीमा १५ गतेदेखि हुने महापुराणको तयारी पूरा

बिहिवार, मंसिर १४, २०८०

मेचीनगर । झापाको मेचीनगर १२ सहरेडाँगीस्थित श्री पञ्चावटी वीरभद्र महाकाली धाम मन्दिरमा आयोजना गरिएको महापुराणमा आर्थिक सहयोग जुट्न थालेको छ ।

मङ्सिर १५ देखि सुरु हुने महापुराणको अन्तिम तयारी पूरा हुँदै गर्दा धार्मिक तथा सामाजिक ब्यक्तित्वहरुले पुराण अगावै १५
लाख रुपैयाँभन्दा बढी रकम दिने घोषणा गरिसकेको पुराण आयोजक समितिले जनाएको छ ।

सार्वजनिक मन्दिरको चौतर्फी विकास गर्ने उद्देश्यले चर्चित भागवत वाचिका राधिका दासीको प्रमुख कथा वाचकत्वमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ धन धान्यञ्चल महापुराणका लागि सम्पुर्ण तयारी पूरा भएको आयोजकले जनाएको हो ।

महापुराणमा प्रमुख अतिथि रुपमा प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको महापुराण आयोजक समितिका अध्यक्ष तिलकप्रसाद गिरीले जानकारी दिएका छन् ।

चारआली, बुधबारे चोक र सहरेडाँगीमा मूल प्रवेशद्वार गेट निर्माण गरेर सिङारिएको छ । प्रत्येक चोक टोलमा ब्यानरसहित माइकिङ्ग प्रचार प्रसारलाई तीब्र बनाइएको छ । महायज्ञ महापुराणका लागि ३ हजारभन्दा बढी आगन्तुक अटाउने पण्डाल सहित कथा बाचकको टिमलाई सिंहाशनको ब्यवस्थापन गरिएको छ ।

विभिन्न जातजातीको पहिचान झल्काउने सांस्कृतिक झाँकी, पञ्चेबाजासहित १०८ थान कलशयात्रा गरिने छ । चारआलीस्थित पाउँ पाथीभरा मन्दिरसम्म कलश यात्राको तयारी गरिएको गिरीले जानकारी दिए ।

पुराण ब्यवस्थापनका लागि २१ वटा उपसमितिले निरन्तर जुटेर तयारी पूरा गरिएको सचिव प्रेमराज घिमिरेले जानकारी दिए ।
महायज्ञबाट १ करोड रुपैयाँभन्दा बढीको सहयोग जुटाउने महापुराण मूल ब्यवस्थापन समितिको लक्ष्य छ ।

सम्बन्धित खबर