२०८२ असार ९, सोमवार , ०७:५१:५८ बजे

Sajhamanch
'

सहचालकले चलाएको ट्रकले ९ वटा गाडीलाई ठक्कर, २ जना घाइते

बिहिवार, मंसिर १४, २०८०

विराटनगर । मोरङको उर्लाबारीमा ट्रकले ९ वटा सवारी साधनलाई ठक्कर दिँदा २ जना घाइते भएका छन् । बिहीबार दिउँसो सहचालकले हाँकेको ट्रकको ठक्करबाट अटोरिक्सा चालक दुई जना घाइते भएका हुन् ।

दुर्घटनापछि ट्रक चालक फाकफोकथम गाउँपालिका–४ का २२ वर्षीय योगेन्द्र थापामगरलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए । पक्राउ परेका थापामगरसँग सवारी चालक अनुमतिपत्र छैन ।

ना ३ ख ४०७८ नम्बरको ट्रकले उर्लाबारी नगरपालिका–५ मधुमल्ला रोडमा पार्किङ गरेर राखिएका सवारी साधनहरुलाई दिउँसो सवा २ बजेतिर ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट ३ वटा अटो रिक्सा, घ वटा मोटरसाइकल, २ वटा सीटी सफारी र एउटा पिकअप गाडीमा क्षति पुगेको छ ।

अनियन्त्रित बनेको ट्रकको ठक्करबाट सडकको छेउमा पार्किङ गरेर राखिएका को २ ह ४७२२, प्रदेश १–०२–००३ ह ३४०६ र प्रदेश १–०२–०३ ह २९४० नम्बरको अटो तथा प्रदेश १–०२–०५१ प ४४२२, मे ११ प १९९५ र प्रदेश १–०१–०१४ प ७४४३ नम्बरको मोटरसाइकल, प्रदेश १–०१–००२ ह २५५० र को १ ह ७६८५ नम्बरको सफारी तथा को २ च २३ नम्बरको पिकअप भ्यानमा क्षति पुगेको हो ।

गिटीले भरिएको ट्रकले ठक्कर दिँदा केही सवारीसाधनमा पूर्णरूपले क्षति पुगेको छ । केहीमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा २९४० नम्बरको अटोका चालक उर्लाबारी–१ का ४० वर्षीय दिलकुमार बोहरा र ४७२२ नम्बरको अटोका चालक उर्लाबारी– का ४२ वर्षीय पदमप्रसाद भट्टराई घाइते भएका हुन् । सामान्य अवस्थाका उनीहरुको उर्लाबारीस्थित अरनिको अस्पतालमा उपचार भइरहेको छ ।

बिहिवार, मंसिर १४, २०८० | मिडियाबाट साभार, समाज