
काठमाडौं । नेपाली कांग्रेसको गण्डकी प्रदेशको सम्मेलन पुस ३ र ४ गते हुने भएको छ ।
सम्मेलन पोखरा सभागृहमा हुने र ४५० भन्दा बढी प्रतिनिधि सहभागी हुने कांग्रेसका गण्डकी प्रदेश महामन्त्री किरणबाबु श्रेष्ठले जानकारी दिए ।
संघीयतापछि कांग्रेसले पहिलो पटक प्रदेश सम्मेलन गर्दैछ ।
कांग्रेसको मधेश प्रदेश सम्मेलन पुस ५ र ६ गते, बागमतीको पुस ७ गते, कोशीको पुस ९ गते र लुम्बिनीको मंसिर १६ र १७ गतेका लागि तय भएको नेपाली कांग्रेसले जनाएको छ ।
कर्णाली र सुदूरपश्चिमको सम्मेलन भने टुंगो लागेको छैन ।