
काठमाडौं । युगाण्डा पहिलो पल्ट टी-२० विश्वकपमा छनोट भएको छ ।
अफ्रिकी महादेशको छनोटको समूह चरणको अन्तिम खेलमा रुवान्डालाई ९ विकेटले हराउँदै युगाण्डाले शीर्ष २ मा रहेर टी-२० विश्वकपमा स्थान सुरक्षित गरेको हो ।
छनोटमा युगाण्डा नामिबियासँग ६ विकेटले पराजित भए पनि अरु सबै ५ खेलमा विजयी भयो । उसले तान्जानिया, जिम्बाब्वे, नाइजेरिया र केन्यालाई हराएको हो ।
अफ्रिकी महादेशबाट नामिबिया यसअघि नै विश्वकपमा छनोट भइसकेको थियो । नामिबिया र युगण्डा विश्वकपमा छनोट हुँदा टेष्ट राष्ट्र जिम्बाब्वेसँगै केन्या विश्वकपमा पुग्न असफल भएका छन् । नामिबियाले नाइजेरियासँग खेल्नै बाँकी छ ।
अमेरिका र वेष्ट इण्डिजमा हुने विश्वकपमा छनोट हुने युगाण्डा अन्तिम टोली हो । वेस्ट इण्डिज र अमेरिका आयोजकका हिसाबले स्वतस् छनोट भएका थिए ।
इंग्ल्याण्ड, पाकिस्तान, न्यूजिल्याण्ड, भारत, अस्ट्रेलिया, दक्षिण अफ्रिका, नेदरल्याण्ड्स र श्रीलंका अघिल्लो संस्करणमा शीर्ष आठमा परेका कारण स्वतस् छनोट भएका हुन् ।
अफगानिस्तान र बंगलादेश टी-२० वरीयताका आधारमा छनोट भए भनेर् क्षेत्रीय छनोटमा युरोपबाट आयरल्याण्ड र स्कटल्याण्ड, इस्ट एसिया प्यासिफिकबाट पपुवा न्यूगिनी, अमेरिकी छनोटबाट क्यानडा तथा एसिया छनोटबाट नेपाल र ओमनले विश्वकपमा स्थान बनाएका छन् ।
४ जुनदेखि ३० जुनसम्म हुने विश्वकपमा २० टोलीलाई ४ समूहमा विभाजन गरिनेछ ।