२०८१ फागुन १६, शुक्रवार , ०१:४१:३१ बजे

Sajhamanch
'

केपी ओली कप क्रिकेट : वाग्मतीलाई हराउँदै त्रिभुवन आर्मी फाइनलमा

बिहिवार, मंसिर १४, २०८०

काठमाडौं । पहिलो सेमिफाइनलमा वाग्मती प्रदेशलाई चार विकेटले हराउँदै त्रिभुवन आर्मी क्लब केपी ओली कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगिता–२०८० को फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार पोखरा रंगशालामा सम्पन्न खेलमा वाग्मतीले प्रस्तुत गरेको १२८ रनको लक्ष्य आर्मीले १५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा भीम सार्कीले ३५ बलमा पाँच चौकासहित ३९ रन बनाए । कुशल मल्लले २७, कप्तान विनोद भण्डारीले २५ र सोमपाल कामीले अविजित १५ रन बनाए ।

वाग्मतीका कप्तान सन्दीप लामिछानेले दुई विकेट लिए । प्रतिश जिसी, इशान पाण्डे, सोनु देवकोटा र रित गौतमले समान एक विकेट लिए ।

त्यसअघि, टस जितेर ब्याटिङमा आएको वाग्मतीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १२७ रनको योगफल खडा गरेको थियो । वाग्मतीका प्रतीक श्रेष्ठले ३५ बलमा तीन चौका र चार छक्कासहित ५० रन बनाए । कप्तान सन्दीप लामिछानले १९, रित गौतमले १४ र इशान पाण्डेले १४ रन थपे ।

आर्मीका साहब आलमले चार विकेट लिए । चार ओभर बलिङ गरेका आलमले एक मेडन राख्दै १४ रन खर्चिए । सोमपाल कामीले दुई र विवेक यादवले एक विकेट लिए ।

जितसँगै फाइनलमा स्थान बनाएको आर्मीले अब मधेस प्रदेश र एपीएफ क्लबबीचको विजेतासँग खेल्नेछ । यी दुईबीचको दोस्रो सेमिफाइनल आजै हुँदै छ ।

सम्बन्धित खबर