२०८२ असार ४, बुधवार , ०७:०७:२७ बजे

Sajhamanch
'

पत्रकारको देउसीभैलोको पैसा बिरामीलाई सहयोग गरे

बुधवार, मंसिर १३, २०८०

दमक । नेपाल प्रेस युनियन माइपश्चिम क्षेत्रीय समिति दमकले यसव्र्षको तिहारमा सञ्चालन गरेको देउसीभैलोमा संकलित रकम मध्येबाट एकजना बिरामी पत्रकारलाई नगद ११ हजार रुपैयाँ सहयोग गरेको छ ।

समितिले हाल इटहरी निवासी नेपाल पत्रकार महासंघका कोशी प्रदेश समिति सदस्य पत्रकार पीवि दियालीको उपचारमा सहयोगका लागि सो रकम प्रदान गरेको हो ।

दुवै मिर्गौला खराब भई उपचाररत समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य पत्रकार दियालीको लागि समाजवादी प्रेस संगठन झापाका अध्यक्ष अनिलदेव राई मार्फत सो रकम प्रदान गरिएको प्रेस युनियन माइपश्चिम क्षेत्रीय समितिका उपाध्यक्ष नगेन्द्रमीण न्यौपानेले जानकारी दिए ।

क्षेत्रीय समितिका अध्यक्ष विष्णु पौडेलको अध्यक्षता र नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महेन्द्रकुमारी लिम्बूको उपस्थितिमा बुधबार दमकमा आयोजित संक्षिप्त कार्यक्रममा पत्रकार दियालीको शिघ्र स्वास्थ्य लाभको कामनासहित उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो ।

सो अवसरमा पत्रकार महासंघ कोशी प्रदेश समितिका कोषाध्यक्ष विमल लामिछाने, प्रदेश सदस्य विष्णु सुब्बा, प्रेस युनियन झापाका अध्यक्ष गिरीराज भट्टराई लगायतले प्रेस युनियनको सो कार्यको प्रशंसा गर्दै पत्रकार दियालीको स्वास्थ्य लाभको कामना गरेका थिए ।

बुधवार, मंसिर १३, २०८० | प्रदेश, समाज

सम्बन्धित खबर