२०८१ फागुन ८, बिहिवार , ०७:४२:०३ बजे

Sajhamanch
'

कोसीको बजेटमा मतदानबारे एमाले र राप्रपा छलफलमा

बुधवार, मंसिर १३, २०८०

विराटनगर । कोसी प्रदेशसभामा पेस भएको बजेट अध्यादेश प्रतिस्थापनसम्बन्धी विधेयक पारित गन मत दिने वा नदिने भन्ने विषयमा नेकपा (एमाले) र राप्रपाले छलफल गरेका छन् । दुई दलबीच बैठक जारी छ ।

प्रदेशसभाको बैठक बुधबार (आज) दिउँसो १ बजेलाई तोकिएको थियो । तर, दलको बैठक जारी रहेकोले प्रदेशसभा बैठक सुरु हुन सकेको छैन ।

प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले दुवै दलको बैठक जारी रहेकोले केही विलम्ब हुन पुगेको जानकारी दिए ।

तत्कालीन एमाले नेतृत्वको सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले अध्यादेशमार्फत ल्याएको चालु आर्थिक वर्षको बजेट संशोधनसहित पारित गर्न कोसी सरकारले प्रतिस्थापन विधेयक पेस गरेको थियो । बजेट तथा कार्यक्रममाथि उठेका जिज्ञासाको जवाफ मंगलबारको बैठकमा मुख्यमन्त्री केदार कार्कीले दिएका थिए ।

बजेटमाथि एमालेका ६ र राप्रपाका दुई सांसदले खर्च कटौतीसम्बन्धी प्रस्ताव दर्ता गराएका छन् ।

प्रतिस्थापन विधेयकमार्फत सरकारले ३६ अर्ब ७४ करोड बजेट ल्याएको छ । अघिल्लो सरकारले ल्याएको बजेटभन्दा यो बजेट ५० करोड बढी हो ।

नेकपा (एकीकृत समाजवादी) प्रदेश संसदीय दलका नेता राजेन्द्र राईले बजेट पास गराउन गठबन्धन दलहरुले पक्षमा मतदान गर्ने बताए ।

सम्बन्धित खबर