२०८२ असार १०, मङ्गलवार , ०९:५१:५१ बजे

Sajhamanch
'

प्रहरी नायव निरीक्षकले नै घुस लिएपछि अख्तियारको नियन्त्रणमा

मङ्गलवार, मंसिर १२, २०८०

काठमाडौँ । बर्दियामा कार्यरत प्रहरी नायव निरीक्षकले घुस मागेको भन्दै अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ।

बर्दिया बढैयाताल गाउँपालिका ६ मैनापोखरस्थित ईलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक पवन साउदले लागू औषधको मुद्दा मिलाइदिने काममा सहजिकरण गर्ने भन्दै घुस मागेको अख्तियारको आरोप छ।

मुद्दामा काम सहज बनाइदिने भन्दै सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सूचनाका आधारमा अख्तियारको टोलीले साउदलाई नियन्त्रणमा लिएको हो।

‘प्रहरी नायब निरीक्षक साउदलाई सेवाग्राहीबाट ३० हजार रुपैयाँसहित नियन्त्रणमा लिइसकेकाले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ’ अख्तियारद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ।

मङ्गलवार, मंसिर १२, २०८० | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर