
काठमाडौं । सातै प्रदेशका गृहमन्त्री (आन्तरिक मामिला)हरू अहिले काठमाडौंमा छन् । उनीहरूले अब ढिलाइ नगरी प्रहरी समायोजन गर्न केन्द्र सरकारलाई दबाब दिन थालेका छन् ।
सोही मागसहित आज सातै प्रदेशका गृहमन्त्रीहरूले केन्द्र सरकारका उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेट्दै छन् । दिउँसो साढे ३ बजे प्रदेशका गृहमन्त्रीहरूले संयुक्त रूपमा श्रेष्ठसित भेट गर्न लागेका बताइएको छ ।
सिंहदरबारस्थित गृह मन्त्रालयमा पुगेर प्रदेशका मन्त्रीहरूले श्रेष्ठसित भेटवार्ता गर्नेछन् । प्रहरी समायोजन प्रक्रिया चाँडो टुंग्याउन भेटमा आग्रह गर्ने प्रदेशका गृहमन्त्रीहरूले बताएका छन् ।
प्रहरी प्रशासन प्रदेश सरकार मातहतमा नआउँदा काम गर्न अप्ठ्यारो भएको उनीहरूले बताउँदै आएका छन् ।