२०८१ पौष १७, बुधवार , ११:०१:५५ बजे

Sajhamanch
'

झापा लिगः शिवसताक्षी र अर्जुधारा बराबरीमा, एकएक अंक बाँडे

सोमवार, मंसिर ११, २०८०

शिवसताक्षी । झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगितामा शिवसताक्षी नगरपालिका र अर्जुनधारा नगरपालिका बराबरीमा खेल सकिएको छ ।

आज भएको पहिलो खेलमा शिवसताक्षी नगरपालिका र अर्जुधारा नगरपालिकाको खेलमा १-१ गोल बराबरी भएपछि दुवै टिमले एकएक अंक बाँडेका छन ।

खेलको ४९ औँ मिनेटमा अर्जुनधाराका निखिल तामाङले गोल, खेलको ५९औँ मिनेटमा शिवसताक्षीका हेमन लिम्बूले फर्काएपछि खेल बराबरीमा टुंगिएको थियो ।

खेलको प्लेयर अफ दि म्याच अर्जुनधाराका निखिल तामाङ भए । उनलाई गोल्डकपका अध्यक्ष दिपेश ढकाल, शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मोगाहाङ थोप्रा, सौजन्यकर्ता नितेश बर्माले नगद दुई हजार र ट्रफी प्रदान गरे ।

शिवसताक्षीका तर्फबाट खेलाडीहरुले उत्कृष्ट खेल खेलेको शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले जानकारी दिए । नगरपालिका भरीबाट छनोटमा परेको खेलाडीहरुलाई प्रतिश्पर्धामा उतारेको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

फुटबलको उर्वर भूमि झापाबाट युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना भएको प्रतियोगितमा झापाका १४ वटा पालिका र आयोजकको भद्रपुर ब्लेजर्स टिम गरी प्रतियोगितामा १५ वटा टिमले प्रतिस्पर्धा गर्दै छन् । १८ दिनसम्म सञ्चालन हुने प्रतियोगिताको फाइनल खेल मंसिर २४ गते हुनेछ ।

खेल तालिकाअनुसार समूह ‘क’ मा हल्दिबारी, बिर्तामोड र बुद्धशान्ति रहेका छन् । समूह ‘ख’ मा कनकाई, भद्रपुर ब्लेजर्स, झापा र गौरादह, समूह ‘ग’ मा कचनकवल, बाह्रदशी, मेचीनगर र भद्रपुर तथा समूह ‘घ’ मा कमल, दमक, शिवसताक्षी र अर्जुनधारा रहेका छन् ।

प्रत्येक समूहका विजेता र उप विजेता आठवटा टिम नकआउट चरणमा प्रवेश गर्ने छन् । नकआउट चरणका खेलहरु क्वार्टर फाइनलबाट सुरु हुनेछन् । क्वार्टर फाइनलका खेल मंसिर १९ र २० गते हुने छन् । सेमिफाइनलका खेल मंसिर २२ गते हुने छन ।

प्रतियोगिताको विजेताले नगद ३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।