२०८२ असार ११, बुधवार , ०३:१७:०३ बजे

Sajhamanch
'

ईपीएस कोरियामार्फत सीप बिल्डिङको लागि ४ हजार जना उत्तीर्ण

सोमवार, मंसिर ११, २०८०

काठमाडौँ । ईपीएसमार्फत कोरियामा सीप विल्डङको लागि लिइएको परीक्षामा ४ हजारभन्दा बढी उत्तीर्ण भएका छन्। एचआरडी कोरियाले ४ हजार ९८ जनाको नाम पठाएको हो।

ईपीएस कोरिया शाखाका निर्देशक गुरुदत्त सुवेदीका अनुसार परीक्षामा ३२ हजार ५०७ जना सहभागी भएका थिए। ती मध्ये ३० हजार ३५४ जना पुरुष र २ हजार १५३ महिला सहभागी भएका थिए।

असोज १ गतेबाट सुरु भई मङ्सिर ७ गतेसम्म परीक्षा सञ्चालन गरिएको थियो। अब दोस्रो चरणमा स्किल टेस्टको परीक्षा तालिका सार्वजनिक गरिनेछ।

सम्बन्धित खबर