२०८२ असार ११, बुधवार , १२:४५:१६ बजे

Sajhamanch
'

वैशाखमा लगानी सम्मेलन गर्दै सरकार

आइतवार, मंसिर १०, २०८०

काठमाडौं । सरकारले आगामी वैशाखमा लगानी सम्मेलन गर्ने भएको छ।

सरकारले अयोजना गर्ने यो लगानी सम्मेलन तेस्रो संस्करण हो।

आगामी वैशाख ९ र १० गते लगानी सम्मेलन गर्ने तयारी छ।

यसका लागि अर्थ मन्त्रालयको संयोजनामा निर्देशन समिति बनेको छ भने थप विभिन्न समिति बनेका छन्।

निर्देशन समितिको आइतबार पहिलो बैठक बसेको छ।

लगानी सम्मेलनको तयारी, विगतका कमजोरी सच्याउने र त्यस अनुभवबाट पाठ सिक्ने र सम्मेलनमा सहभागीहरूमा कस्ता प्रस्ताव लैजाने भन्ने विषय बैठकमा छलफल भएको छ।

सम्मेलनामा नेपाली, वैदेशिक लगानीकर्ता र गैरआवासीय लगानीकर्ताहरूको सहभागिता रहनेछ।

सम्बन्धित खबर