२०८२ असार १२, बिहिवार , ०१:१२:१८ बजे

Sajhamanch
'

विदेशी लगानी भित्राउन सरकारले लगानी सम्मेलन गर्दै

आइतवार, मंसिर १०, २०८०

काठमाडौँ । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी घटिरहेको अवस्थामा लगानी भित्राउनका लागि सरकारले लगानी सम्मेलन गर्ने भएको छ।

आगामी २०८१ वैशाख ९ र १० गते लगानी सम्मेलन गर्ने गरी तयारी अघि बढाएको छ। नेपाललाई लगानीको गन्तव्यका रूपमा प्रचार गर्न र विदेशी लगानीकर्तालाई आकर्षित गर्नका लागि लगानी सम्मेलन गर्न लागिएको हो।

सम्मेलन तयारीका लागि अर्थमन्त्री डा. प्रकाशशरण महतको संयोजकत्वमा निर्देशक समिति गठन गरिएको छ। समितिको सदस्य सचिवमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट रहेका छन्।

सम्मेलन तयारीको समन्वयको काम लगानी बोर्डले गर्ने भएको छ। त्यसैगरी, मुख्य समितिको संयोजकत्वमा समन्वयन समिति बनेको छ। लगानी बोर्डले सम्मेलनका लागि तयारी अघि बढाएको छ। सरकारले यसअघि २०७३ फागुन र २०७५ चैतमा लगानी सम्मेलन गरेको थियो। लगानी सम्मेलनमा विकास साझेदार, मित्र राष्ट्र, विदेशी लगानीकर्तालाई आमन्त्रण गरिनेछ।