२०८१ माघ १४, सोमवार , ०७:४९:०५ बजे

Sajhamanch
'

दार्चुला–बैतडी जोड्ने कर्कले पुलमा ठूला गाडी चलाउन रोक

आइतवार, मंसिर १०, २०८०

दार्चुला । दार्चुला–बैतडी जोड्ने कर्कले पुलमा ठूला गाडी चलाउन रोक लगाइएको छ । दार्चुलाको शैल्यशिखर नगरपालिका–३ कर्कले र बैतडीको डिलाशैनी गाउँपालिका–३ रुद्रेश्वर जोड्ने चमेलिया नदीमाथिको बेलिब्रिज भासिएपछि ठूला गाडीको आवागमनमा रोक लगाइएको हो ।चमेलिया जलविद्युत् आयोजनाले सूचना निकालेर पुलको दार्चुलातर्फको मुख्य पिल्लर भएको ठाउँमा जमिन भासिएको जनाएको छ ।

दुर्घटनाको जोखिम रहेकाले पुल मर्मत नहुँदासम्म ठूला गाडी चलाउन रोकिएको छ । यो पुल भएर दार्चुलाको चमेलिया जलविद्युत् आयोजना, बिटुले, मार्मा, अपि हिमालको मकिरागाडसम्म आवतजावत गर्ने गाडी गुड्ने गरेका छन् ।

यस्तै, बैतडीको रुद्रेश्वर, सिमार, गण्न्नालगायतका क्षेत्रमा जाने गरिन्छ । पुल भासिएको ठाउँमा स्थलगत अध्ययन गरिएको र पुलको पिल्लर भासिएकाले मर्मत नहुँदासम्म पुलबाट आवतजावत गर्न जोखिम रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

सम्बन्धित खबर