२०८२ मंसिर १, आइतवार , ०१:२७:१२ बजे

Sajhamanch
'

कोसी सरकारले बजेट प्रतिस्थापन विधेयक पेश गर्ने

शनिवार, मंसिर ९, २०८०

विराटनगर । कोसी प्रदेश सरकारले बजेट प्रतिस्थापन विधेयक प्रदेश सभाको बैठकमा पेश गर्ने तयारी गरेको छ। आज दिउँसो १ बजे बस्ने बैठकमा कोसी प्रदेश विनियोजन अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न बनेको विधेयक पेश गर्ने तयारी गरेको हो।

प्रदेश सभा सचिवालयको कार्यसूची अनुसार आजको बैठकमा विनियोजन अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक पेश हुन लागेको हो।तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चालु आर्थिक वर्षका लागि पहिलो पटक अध्यादेशबाट जेठ ३२ गते बजेट ल्याएका थिए । अध्यादेशको ३६ अर्ब २४ करोड ३५ लाख १० हजार बजेटको प्रतिस्थापन विधेयक पेश नभएपछि दोस्रो पटक मुख्यमन्त्री बनेका कार्कीले २४ भदौमा पुन प्रतिस्थापन विधेयक ल्याएका थिए।

सम्बन्धित खबर

आज देशभरको मौसम सफा रहने
शनिवार, कार्तिक ३०, २०८२
आज वर्षकै पहिलो एकादशी
शनिवार, कार्तिक ३०, २०८२