२०८२ असार १२, बिहिवार , ०५:०२:३९ बजे

Sajhamanch
'

श्रीमान् जीवित हुँदै एकल महिलाको भत्ता लिएको आरोपमा २ जना विरुद्ध मुद्दा दायर

शुक्रवार, मंसिर ८, २०८०

काठमाडौं । श्रीमान् जीवितै हुँदा पनि निधन भएको भन्दै एकल महिलाको नाममा सामाजिक सुरक्षा भत्ता लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मुद्दा दायर हुनेमा रामेछापको मन्थली नगरपालिका वडा न. ३ का तत्कालीन वडा सचिव शिवकुमार महत्तो र सोही वडाकी निर्मला खत्री छन् ।

खत्रीका श्रीमान्लेनै आफू जिवितै हुँदै मृत्यू दर्ताको प्रमाणपत्र बनाएर श्रीमतीले एकल महिला भत्ता खाएको भन्ने उजुरी गरेपछि अख्तियारले छानबिन गरेको थियो ।

छानबिनमा क्रममा महत्तो र खत्रीको मिलेमतोमा नक्कली मृत्यु दर्ता प्रमाण पत्र बनाएर निर्मला खत्रीको सामाजिक सुरक्षा भत्ता ९एकल महिला० परिचय पत्र बनाएको र ४५ हजार २२० रुपैयाँ भत्ता लिएको देखिएकाले उनीहरुलाई त्यो रकम विगो मानी भ्रष्टाचारको मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

शुक्रवार, मंसिर ८, २०८० | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर