
काठमाडौं । कतारका विदेश राज्यमन्त्री सोल्तान बिन साद अल–मुरैखीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा दुई देशको सम्बन्धका बारेमा छलफल भएको छ ।
शुक्रबार नै राज्यमन्त्री अल–मुरैखीको टोलीले परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गरेको थियो । भेटमा परराष्ट्रमन्त्री साउदले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपीन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए ।
अल–मुखैरी नेपालको दुई दिने भ्रमणका लागि बिहीबार काठमाडौं आएका हुन् ।