२०८२ असार १२, बिहिवार , ०८:२८:२७ बजे

Sajhamanch
'

प्रदर्शन गर्न तीनकुने पुगेकालाई समाउँदै, भ्यानमा हाल्दै प्रहरी (तस्बिरहरू)

शुक्रवार, मंसिर ८, २०८०

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको आह्वानमा आन्दोलनका लागि तीनकुनेमा पुगेकाहरूलाई प्रहरीले नियन्त्रणमा लिन थालेको छ।

प्रसाईंले शुक्रबारदेखि तीनकुने क्षेत्रमा आन्दोलन गर्ने तयारी गरेका थिए।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुने क्षेत्रमा आन्दोलनका लागि प्रसाईंले अनुमति नलिएको बताएको छ। प्रहरीले शंकास्पद लागेका व्यक्तिहरूलाई मात्रै नियन्त्रणमा लिइएको बताएको छ।

प्रसाईंलाई बिहीबार आन्दोलनका लागि प्रशासनले बल्खुस्थित त्रिवि परीक्षा नियन्त्रण कार्यालय नजिकै सडक तोकिदिएको थियो।

प्रसाईंले आन्दोलनलाई निरन्तरता दिन खोजेका छन्। बिहीबार तीनकुने क्षेत्रमा नेकपा (एमाले) का भ्रातृ संगठनहरू युवा संघ र अनेरास्ववियुले प्रदर्शन गरेका थिए।

प्रसाईंले भक्तपुरस्थित घरमा शुक्रबार बिहान पत्रकार सम्मेलन गर्दै आफूलाई आन्दोलनमा जान नदिइएको दाबी गरेका थिए।

शुक्रवार, मंसिर ८, २०८० | मिडियाबाट साभार, समाज