
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० की सांसद डा।तोसिमा कार्कीले लडेर शक्ति वर्वाद गर्नुको सट्टा जाजरकोटमा घरसँगै पुरिएका सामानहरू निकालिदिन आग्रह गरेकी छिन्।
बिहीबार सामाजिक सञ्जालमा लेख्दै कार्कीले लडेर शक्ति वर्वाद गर्नुको सट्टा जाजरकोटमा घरसँगै पुरिएका सामानहरू निकालिदिन आग्रह गरेकी हुन्।
उनले लेखेकी छिन्, आ-आफैँ लडेर शक्ति बर्बाद किन गर्नुहुन्छ ? बरु आउनुस् दुबै पक्ष यता जाजरकोट तिर, अस्थायी टहरा निर्माण गरौँ। घरसँगै पुरिएका सामानहरू निकालिदिऔँ। म यहीँ छु जाजरकोटमै। तपाईहरुको शक्ति पनि यता जनतालाई सदुपयोग गरौँ।
आज राजधानीमा दुई समूहले प्रदर्शन गरिरहेका छन्। बल्खुमा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’ ले प्रदर्शन गरेका छन् भने नेकपा (एमाले) निकट युवा सङ्घले काठमाडौँको तीनकुनेमा प्रदर्शन गरेका छन्।