२०८२ असार १३, शुक्रवार , १२:५२:०८ बजे

Sajhamanch
'

युवा संघको कार्यक्रम सकिएपछि ओलीको सवारी !

बिहिवार, मंसिर ७, २०८०

काठमाडौं । नेकपा (एमाले)को भ्रातृ संस्था राष्ट्रिय युवा संघको प्रदर्शन सकिएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीको सवारी भएको छ ।

बिहीबार एमाले निकट युवा संघ र अनेरास्ववियुले संयुक्तरूपमा काठमाडौंस्थित तीनकुनेमा प्रदर्शनको आयोजना गरेका थिए । अपराह्नतिर उनीहरूको कार्यक्रम सकिसकेको थियो ।

कार्यक्रम सकिएपछि ओली तीनकुनेको बाटो हुँदै गएका हुन् । उनले बाँकी रहेका कार्यकर्ताहरूलाई हात हल्लाएका थिए । यद्यपि उनी सवार गाडी रोकिएन ।

युवा संघको प्रदर्शनमा सहभागी हुन विभिन्न जिल्लाबाट नेता कार्यकर्ताहरू पुगेका थिए ।

उनी आज बिहान केपी ओली कप क्रिकेट प्रतियोगिताको उद्घाटन गर्न पोखरा गएका थिए ।