
काठमाडौं । नेकपा (एमाले)को भ्रातृ संस्था राष्ट्रिय युवा संघको प्रदर्शन सकिएको छ । बिहीबार एमाले निकट युवा संघ र अनेरास्ववियुले संयुक्तरूपमा काठमाडौंस्थित तीनकुनेमा प्रदर्शनको आयोजना गरेका थिए ।
प्रदर्शनकारीहरूले सरकारविरुद्ध नाराबाजी गरेका थिए भने नेताहरूले सम्बोधन गरेका थिए ।
प्रदर्शनमा सहभागी हुन विभिन्न जिल्लाबाट नेता कार्यकर्ताहरू पुगेका थिए । प्रदर्शन सकिएसँगै उनीहरू घर फर्किन थालेका छन् ।
प्रदर्शनका कारण सवारी आवागमन अवरुद्ध बनेको थियो । अहिले सामान्य बन्न थालेको छ ।