
काठमाडौँ । दुर्गा प्रसाईं नेतृत्वको समूहले काठमाडौंको बल्खुमा जारी राखेको प्रदर्शनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाही पुगेका छन्।
राप्रपाभित्र प्रसाईंको प्रदर्शन र एजेन्डालाई हेर्ने दृष्टिकोणमा मतभेद भए पनि शाही प्रदर्शनमा मिसिन बल्खु पुगेका हुन्।
प्रसाईंका समूह निषेधित क्षेत्रतिर अघि बढ्ने प्रयास गरेका छन्। सरकारले प्रसाईंको समूहलाई प्रदर्शन लागि बल्खुमा स्थान तोकेको थियो।
प्रर्दशनकारीहरू बल्खुमा जम्मा भएपछि निषेधित क्षेत्र माइतीघर तर्फ आउने प्रयास गरेका हुन्। बल्खुबाट माइतीघरतिर आउन खोजिरहेका छन्। जबर्जस्ती निषेधित क्षेत्रतिर प्रदर्शनकारी आउन खोज्दा झडप हुने अवस्था बढेको हो।
यस अघि बल्खु क्षेत्रमा दुई पक्षका प्रदर्शनकारीहरू बिच ढुंगामुढा भएको थियो। प्रहरीले स्थिति नियन्त्रणमा लिएको छ।
दुर्गा प्रसाईँ र नेकपा एमाले भातृसंगठन युवा सङ्घका कार्यकर्ताबिच ढुङ्गा हानाहान भएको थियो। आज मध्यान्हमा बल्खु पुगेका युवा सङ्घ कार्यकर्ता र प्रसाईँ पक्षबिच ढुङ्गा हानाहान भएको थियो।