२०८१ फागुन ७, बुधवार , ०५:५४:५७ बजे

Sajhamanch
'

महेश बस्नेतको चेतावनी- हामी बल्खु जान नपरोस्

बिहिवार, मंसिर ७, २०८०

काठमाडौं । नेकपा (एमाले) का नेता महेश बस्नेतले प्रहरीले आफ्ना कार्यकर्तालाई सुरक्षा दिन नसके आफै बल्खु जाने चेतावनी दिएका छन् ।

बल्खुबाट आउँदै गरेका आफ्ना ५०० कार्यकर्तालाई दुर्गा प्रसाईंका कार्यकर्ताले अवरोध गरेको भन्दै उक्त चेतावनी दिएका हुन् ।

“हाम्रो लक्ष्य झडप गर्ने होइन । बल्खुमा ५०० युवा आउँदै गर्दा अवरोध भएको कुरा छ । प्रहरी प्रशासनलाई आग्रह गर्छु,” बस्नेतले भने, “अन्यथा, यहाँ भएका युवाहरू बल्खु जान नपरोस् ।”

उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई निर्मलनिवास बस्न मन छ कि छैन ? छैन भने दुर्गा प्रसाईंको पछि लाग्न सुझाव दिए । साथै, उनले दुर्गा प्रसाईंजस्तो अपराधीको नाममा क्यूआर कोड प्रयोग नगर्ने पनि बताए ।

सम्बन्धित खबर