२०८१ फागुन ७, बुधवार , ०२:२६:५४ बजे

Sajhamanch
'

एमाले अध्यक्ष ओली पोखरा प्रस्थान

बिहिवार, मंसिर ७, २०८०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पोखरा प्रस्थान गर्न त्रिभुवन विमानस्थल पुगेका छन् । पोखरामा आयोजित केपी ओली कप टि–२० क्रिकेट प्रतियोगिताको उद्घाटन समारोहमा सहभागी हुन बिहीबार बिहान उनी त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा मंसिर १५ गतेसम्म हुने प्रतियोगितामा १२ टिम सहभागी छन् ।

प्रतियोगितामा सात प्रदेशका सात टिम, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ र आयोजक मदन भण्डारी एकेडेमीका दुई टोली हुनेछन् ।

सहभागीलाई ४ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको विजेता सेमिफाइनलमा पुग्नेछ । च्याम्पियन टोलीले ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

सम्बन्धित खबर