२०८२ असार १३, शुक्रवार , ०५:२५:५२ बजे

Sajhamanch
'

पूर्व मन्त्री ढकालले भेटे कम्बोडियाका नव निर्वाचित प्रधानमन्त्री हुन मानेट

बुधवार, मंसिर ६, २०८०

काठमाडौँ । नेपाल सरकारका पूर्व मन्त्री तथा प्रतिनिधि सभाका सदस्य एकनाथ ढकालले मित्र राष्ट्र कम्बोडियाका नव निर्वाचित प्रधानमन्त्री हुन मानेट सँग भेट गरी बधाई तथा शुभकामना दिएका छन्।

तीन दिने मैत्रीपूर्ण भ्रमणको सिलसिलामा मित्र राष्ट्र कम्बोडियामा रहेका ढकालले मंगलबार प्रधानमन्त्री कार्यालयमा भेटी ४६ वर्षीय युवा प्रधानमन्त्री हुन मानेटको सफल कार्यकालको कामना गर्दै क्षेत्रीय शान्ति र विकासको बारे छलफल गरेका छन्।

अर्थशास्त्रमा बिद्धाबारिधि हासिल गरेका प्रधानमन्त्री हुन मानेट संयुक्त राज्य अमेरिकाको सैन्य एकेडेमी वेस्ट पोइन्ट वाट स्नातक गरेका हुन्।

केही महिना अघि सम्पन्न निर्वाचनमा कम्बोडियन पिपुल्स पार्टीले अत्यधिक बहुमत सहित विजय हासिल गरे पश्चात् पूर्व प्रधानमन्त्री हुन सेनको राजीनामा पछि हुन मानेट प्रधानमन्त्रीमा चयन भएका हुन्। उनको मन्त्रिपरिषद्मा युवाहरूको धेरै सहभागिता गरिएको छ। ढकाल प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सदस्य हुन्।

सम्बन्धित खबर