२०८२ असार १४, शनिवार , १२:२६:१३ बजे

Sajhamanch
'

जुत्तामा ‘आचार्य’ लेख्नेविरुद्ध साइबर ब्युरोमा उजुरी, थरकै अपमान गरेको गुनासो

मङ्गलवार, मंसिर ५, २०८०

​काठमाडौं । जुत्तामा ‘आचार्य’ लेखिएको लोगो राखेको विरोधमा प्रहरीमा उजुरी परेको छ । सोमबार आचार्य बन्धु समाजले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा उजुरी दिएको हो ।

उजुरीमा चेरी स्निकर्स डटकमबाट फेसबुसहितका सामाजिक सञ्चालनमा जुत्ताको डिजाइन सार्वजनिक भएको उल्लेख छ । जसले आफूहरूको सामाजिक रूपमा बेइज्जत भएको भनिएको छ ।

उजुरीमा ‘आचार्य’ थरप्रति नै अपमानजनक कार्य गर्ने व्यक्ति वा संस्थालाई कारबाही गर्न माग गरिएको छ ।

मङ्गलवार, मंसिर ५, २०८० | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर