२०८२ वैशाख १६, मङ्गलवार , १२:१५:०७ बजे

Sajhamanch
'

अन्तर्राष्ट्रिय माउण्टेन बाईक रेसमा ११ देशका ५५ साईक्लिष्ट सहभागि हुने

सोमवार, मंसिर ४, २०८०

पोखरा । पोखरामा बिहीबारदेखि शुरु हुने पोखरा एन्डुरो अन्तर्राष्ट्रिय माउण्टेन बाईक रेस प्रतियोगितामा ११ देशका ५५ साईक्लिष्टले प्रतिस्पर्धा गर्ने भएका छन्। मंसिर ७ देखि पोखरा महानगरपालिका–१३ को आर्बा–बिजय डाँडामा साईक्लिष्टले डाउनहिलमा आफनो प्रतिभा देखाउनेछन्।

प्रतियोगिताका रेस डाइरेक्टर सुनिलचन्द्र शर्माका अनुसार नेपाल सहित ११ देशका ५५ जना प्रतिस्पर्धीले सहभागिता जनाउने छन्। ‘८८ जनाले शुरुवाती दर्ता गरे पनि ५५ जनाले प्रतिस्पर्धा गर्नेछन्। अर्को ठाउँमा प्रतियोगिताको मिति जुधेको कारण केही खेलाडीले शुरुवाती दर्ता गरेपनि सहभागि हुन नसकेका हुन्,’ उनको भनाई थियो। प्रतियोगितामा नेपालसहित विभिन्न ११ देशका साईक्लिष्टले सहभागिता जनाउने छन्। भारत,सिंगापुर, डेनमार्क, अमेरिका, बेलायत, अष्ट्रेलिया, इन्डोनेसिया, फिलिपिन्स तथा न्युजिल्याण्ड लगायतका साईक्लिष्टको सहभागिता रहेको आयोजकले जनाएको छ।

प्रतियोगितामा इलिट पुरुषतर्फ जुनियर (१२–१८ वर्ष), मास्टर्स ‘क’ (३०–३९ वर्ष), मास्टर्स ‘ख’ (४०–४९ वर्ष), भेट्रान (५० वर्ष माथि), महिला ओपन तथा इ–बाइक गरि ७ विधामा प्रतिस्पर्धा हुनेछन्। इ–बाइक रेस नेपालमै पहिलो पटक हुन लागेको शर्माको दावी छ। जुनसुकै ट्रेलमा साईक्लिङ प्रतिस्पर्धा गरेपनि बाटोको पहँुच पुगेको ठाँउमा मात्रै एन्डुरो प्रतिस्पर्धा हुने उनको भनाई थियो। डाउन हिल प्रतिस्पर्धामा बाटोको पहुँच नभएपनि प्रतियोगिता सञ्चालन गर्न भने सकिने प्राविधिकहरु बताउँछन्। ‘एन्डुरो प्रतिस्पर्धा गर्ने आर्वा एकमात्रै स्थल हो’ कास्की जिल्ला साईक्लिङ संघका अध्यक्ष शंकर भण्डारीले भने,‘एन्डुरो आफैंमा रोमाञ्चक र साहसिक प्रतिस्पर्धा हो।’

एन्डुरो प्रतिस्पर्धाको लागि आर्वामा ६ वटा ट्रेल बनाइएको छ। ६ वटा ट्रेल खास गरी १.८ किलोमिटर, २ किलोमिटर लगायतको दुरीको छ। ‘ट्रेलमा साईक्लिष्टले डाउनहिल गर्दै झर्दा लाग्ने समयकै आधारमा विजेता छुट्टाईने छ,’ रेस डाइरेक्टर शर्माको भनाई थियो। खेलकुद र पर्यटनलाई टेवा पुराउनका लागि प्रतियोगिता आयोजना गरिएको डन टिल डस्कका प्रवन्ध निर्देशक छिमी उक्रेन गुरुङले जनाए। सन् २०२० देखि तयारी गर्दै उक्त क्षेत्रमा संरचना बनाउन ५० लाख रुपैँया लगानी भैसकेको र प्रतियोगिता सञ्चालन हुने समयसम्म थप २० लाख लगानी लाग्ने गुरुङको भनाई छ। ‘प्रत्येक वर्ष वर्षमा प्रतियोगितालाई निरन्तरता दिने योजना भएपनि ६–६ महिनामा गर्न सकिन्छ कि भनेर तयारी गरिरहेका छौं,’ उनले भने ।

तीन दिन हुने प्रतियोगितामा मंसिर ७ र ८ गते अभ्यास खेल हुनेछ। ९ गते पाmईनल प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। एन्ड्युरो प्रतियोगिताले आगामी दिनहरुमा विश्वभर ठुलो संख्यामा माउन्टेन बाइकिङ प्रेमीहरु आकर्षित भई नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा आयोजकको रहेको छ।

सम्बन्धित खबर