२०८२ वैशाख १६, मङ्गलवार , ०७:२१:५७ बजे

Sajhamanch
'

अपराजित भारतको फाइनलमा खराब ब्याटिङ, अस्ट्रेलियाले पायो २४१ रनको विजयी लक्ष

आइतवार, मंसिर ३, २०८०

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपको फाइनलमा अस्ट्रेलियाविरुद्ध संघर्षरत ब्याटिङ गरेको भारतले अस्ट्रेलियालाई जितका लागि २४१ रनको लक्ष दिएको छ।

आइतबार नरेन्द्र मोदी रंगशालामा जारी खेलमा टस हारेर ब्याटिङमा आएको भारतले ५० ओभरमा १० विकेट गुमाएर २४० रन पूरा गरेको हो।

भारतले न्युजिल्याण्डलाई तथा अष्ट्रेलिया दक्षिण अफ्रिकालाई हराउँदै फाइनलमा पुगेका हुन। भारतले जारी विश्वकपमा खेलेको १० खेलमा अपराजित रहयो भने अष्ट्रेलिया १० मध्ये लिग चरणका दुई खेल भारत र दक्षिण अफ्रिकासंग पराजित भएको थियो।

भारत तेस्रो पटक उपाधि चुम्न चाहन्छ भने अष्ट्रेलिया छैठौ पटक उपाधि जित्ने प्रयासमा हुनेछ।

सम्बन्धित खबर