२०८१ फागुन ५, सोमवार , १२:१४:५६ बजे

Sajhamanch
'

झापामा सवारी दुर्घटनामा एक वृद्धको मृत्यु

आइतवार, मंसिर ३, २०८०

कमल । सवारी दुर्घटनामा गएराति यहाँका एकजनाको मृत्यु भएको छ । कमल गाउँपालिका वडा नं. ३ सानोकेर्खा निवासी ६५ वर्षीय कृष्ण गिरीको दुर्घटनामा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले दिएको जानकारी अनुसार पूर्व पश्चिम राजमार्ग अन्तरगत कमल गाउँपालिका र शिवसतासी नगरपालिकाको सिमानामा पर्ने कमल खोलाको पूलमा प्र १-०१-०१४ प ९६७७ नम्बर मोटरसाइकलले गिरीलाई ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट घाइते भएका गिरीलाई उपचारको लागि बिर्तामोड लैजाँदै गर्दा बाटामै मृत्यु भएको प्रवक्ता रिजालले बताएका छन् ।

साँझ जङ्गली हात्ती आएकोले स्थानीयहरू हात्ती धपाउन सडकमा भेला भएका थिए । सोही समयमा पूल छेउमा उभिएका गिरीलाई मोटरसाइकलले ठक्कर दिँदा गिरी पूलमुनि झरेका थिए ।

गिरीलाई ठक्कर दिने मोटरसाइकलका चालक दमक ३ निवासी वर्ष ३० का रोशन धिमाललाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालयले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

सम्बन्धित खबर