झापा । झापामा चलचित्र पत्रकार संघको शाखा गठन गरिएको छ ।
कात्तिक २४ गते बिर्तामोडमा भएको कला क्षेत्रका पत्रकारहरुको भेलाले संघको तदर्थ समिति गठन गरेको हो । रमेश तिवारीको अध्यक्षतामा १५ सदस्यीय तदर्थ समिति गठन गरिएको छ ।
समितिको उपाध्यक्षमा समिर सुवेदी, सचिवमा एकराज प्रधान, सह–सचिवमा सुरज प्रधान र कोषाध्यक्षमा शुभला तामाङ चयन भएका छन् ।
त्यस्तै सदस्यमा सन्तोष न्यौपाने, उद्धव पुरी, निराजन निरौला, सुनिता तामाङ, अस्मिता साखी, दिपेन भेटवाल, रविकिरण वान्तवा, सन्तोष शर्मा, अभिषेक धमला र नगेन्द्र नेपाल सर्वसम्मत चयन भएका छन् ।
संघका कोशी प्रदेश समितिका अध्यक्ष नरेन्द्र बस्नेतको अध्यक्षतामा भएको भेलामा संघको केन्द्रीय अध्यक्ष समिर बलामीको प्रमुख आतिथ्य रहेको थियो ।
बिर्तामोडका पत्रकार रमेश तिवारीले शाब्दिक स्वागत गरेको कार्यक्रमको औचित्यमाथि प्रदेश समितिका अध्यक्ष बस्नेतले प्रकाश पारेका थिए ।
कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष बलामी, नेपाल पत्रकार महासंघ झापा शाखा अध्यक्ष एकराज गिरी, चलचित्र संघका केन्द्रीय सदस्य मिजास पोखरेललगायतले मन्तव्य राखेका थिए । नयाँ गठित समितिलाई संघका केन्द्रीय अध्यक्ष बलामीले सपथ ग्रहण गराएका थिए ।
कार्यक्रममा संघका केन्द्रीय उपाध्यक्ष कुवेर गिरी, महासचिव रघुनाथ सापकोटा, केन्द्रीय सदस्य कुमार आचार्यलगायतको सहभागिता थियो ।
नवगठित जिल्ला तदर्थ समितिले ६ महिना भित्रमा साधारणसभा गर्नुपर्ने जनाइएको छ ।