२०८२ असार १४, शनिवार , ०५:०९:३६ बजे

Sajhamanch
'

तिहारमा उपत्यकाबाट एक करोडभन्दा बढीको धनमाल चोरी

शुक्रवार, मंसिर १, २०८०

काठमाडौं । यो वर्षको तिहारका समयमा काठमाडौं उपत्यकाका विभिन्न ३७ स्थानमा चोरीका घटना भएको छ । काठमाडौंका २०, ललितपुरका १० र भक्तपुरका सात स्थानमा चोरीका घटना भएको उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनालीले जानकारी दिए ।

विभिन्न व्यक्तिका घरबाट नगद र धनमाल चोरी भएको प्रहरीले जनाएको छ । चोरीमा संलग्न सातजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार भक्तपुरका सात स्थानबाट ५० लाख ५६ हजार रुपैयाँबराबरको धनमाल चोरी भएको छ ।

काठमाडौंका २० स्थानबाट २७ लाख ७९ हजार ४४५ रुपैयाँबराबरको धनमाल चोरी भएको छ ।

ललितपुरका १० स्थानबाट २५ लाख ३० हजार ७५० रुपैयाँबराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।

शुक्रवार, मंसिर १, २०८० | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर