झापा । देउसी खेल्न भनी सोमबार घरबाट बाहिरिएका मेचीनगर १० धुलाबारीका ३० वर्षीय भरत जैसवाल आज दिउँसो मृत फेला परेका छन ।
इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक रोहित शर्माले पारिवारिक स्रोतलाई उल्लेख गर्दै मृतक जैसवाल हिजो बेलुका देउसी खेल्न भन्दै घरबाट निस्किएका थिए । उनलाई आज मेचीनगर ११ गोजाबस्तीमा मृत अवस्थामा भेटिएको प्रहरी निरीक्षक शर्माले जानकारी दिए ।
उनले भने, ‘दिउँसो २ः३० बजेको समयमा एउटा मानिस हलचल नगरी लडिरहेको देखेका स्थानीयहरुले प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो । तर प्रहरी पुग्नु अघि नै जैसवालको मृत्यु भइसकेको रहेछ ।’
शव भेटिएको स्थानको प्रकृति मुचुल्का गरी कानूनी प्रक्रिया पूरा गरीवरी शव परिवारको जिम्मा लगाइएको प्रहरी निरीक्षक शर्माले जानकारी दिएका छन् ।