
धनगढी । सुदूरपश्चिमबाट राष्ट्रिय टिममा प्रतिनिधित्व गर्ने तीन जना क्रिकेट खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने भएको छ ।
मुख्यमन्त्री कमलबहादुर शाहले नेपाललाई टी-२० विश्वकपमा पुगाउन भूमिका खेलेको भन्दै दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी र सन्दीपजोरालाई प्रदेश सरकारले पाँचरपाँच लाख दरले पुरस्कार प्रदान गर्ने घोषणा गरेका हुन् ।
शाहले दोस्रो किसान सहकारी लम्की जेसीज क्रिकेट कप २०८० को समापन समारोह गर्दै तीनजना खेलाडीलाई पुरस्कृत गर्ने घोषणा गर्दै राशिसमेत तोकेका हुन् ।शाहले क्रिकेटर ऐरीलाई भने एसियाली खेलकुदमा विश्व रेकर्ड बनाएकाले थप एक लाख रुपैयाँ प्रदान गरिने बताएका छन् प्रदेश सरकारले यसअघि पनि यहाँबाट प्रतिनिधित्व गर्ने खेलाडीहरुलाई पुरस्कार प्रदान र सम्मान गर्दै आइरहेको छ ।