२०८१ पौष ७, आइतवार , ०९:५४:५७ बजे

Sajhamanch
'

तिहारको दोस्रो दिन आज कुकुर तिहार मनाइदैँ

आइतवार, कार्तिक २६, २०८०

काठमाडौँ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार शनिबारदेखि सुरु भएको हो। चान्द्रमास अनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन झिलीमिलीको पर्व तिहार मनाइन्छ। यस अवधिमा यमराजसमेत आफ्नी बहिनी यमुनाको निमन्त्रणामा बिदा लिएर बस्ने विश्वास गरिन्छ । यसैले यो पाँच दिनको अवधिलाई यमपञ्चक पनि भनिन्छ। तिहारको दोस्रो दिन आज कुकुर तिहार मनाइदैँ छ ।

सम्बन्धित खबर