२०८२ असार १४, शनिवार , १२:३३:४५ बजे

Sajhamanch
'

भूकम्पबाट भएको क्षतिप्रति बेलायतका राजाबाट दुःख व्यक्त

शुक्रवार, कार्तिक २४, २०८०

काठमाडौँ । बेलायतका राजा चार्ल्सले जाजरकोट भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरे । उनले राष्ट्रपति रामचन्द्र पौडेललाई बिहीबार सन्देश पठाउँदै भूकम्पबाट भएको जनधनको क्षतिको खबर सुनेर आफू तथा आफ्नो परिवार स्तब्ध र दुःखित् भएको उल्लेख गरेका छन् ।

यस दुःखद् घडीमा आफ्नो प्रार्थना नेपाली जनतासँग रहेको उल्लेख गर्दै राजा चार्ल्सले सबै शोकसन्तप्त परिवार र प्रभावित समुदायमा समवेदना व्यक्त गरे।

उनले यस कठिन अवस्थामा बेलायत सरकार नेपालको आवश्यकतानुसार सहयोग गर्न तप्पर रहेको उल्लेख गरेको नेपालस्थित बेलायती दूतावासले जनाएको छ ।

शुक्रवार, कार्तिक २४, २०८० | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर