२०८२ असार १४, शनिवार , ०४:५५:०८ बजे

Sajhamanch
'

नक्कली शरणार्थी प्रकरणको सुनुवाइ स्थगित

बिहिवार, कार्तिक २३, २०८०

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा मुछिएकाहरुले ‘रिहा हुन पाऊँ’ भनी दर्ता गरेको निवेदनमाथि उच्च अदालत पाटनमा सुनुवाइ स्थगित भएको छ ।

जिल्ला अदालत काठमाडौंले मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउनु भनी आदेश गरेका आरोपितहरु त्यसको बदरको माग गरेर उच्च अदालत पुगेका थिए । धरौटीमा छुटेकाहरुलाई थुनामै राखेर मुद्दा अघि बढाउनुपर्ने माग राखी सरकारी वकिल कार्यालयले पनि निवेदन दिएको छ ।

न्यायाधीशहरु मुरारीबाबु श्रेष्ठ र कृष्णराम कोइरालाको इजलासमा मुद्दाको पेशी परेको थियो । तर सुनुवाइ स्थगित भएको छ ।

सम्बन्धित खबर