![](https://sajhamanch.com/wp-content/uploads/2023/11/sunilpradhan_reshamchaudhari_12khariphoto-061685335810.jpg)
काठमाडौं । सरकारको सिफारिसमा आममाफी पाएका रेशम चौधरीको मुद्दाको अन्तिम सुनुवाइ आज हुने भएको छ । सर्वोच्च अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाइएका चौधरीको मुद्दाको अन्तिम सुनुवाइ आज हुन लागेको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा दिएको आममाफी विरुद्ध ‘कैलाली नरसंहार’मा मारिएका तत्कालीन प्रहरी एसएसपी लक्ष्मण न्यौपानेका आफान्तले मुद्दा दायर गरेका थिए ।
चौधरी नागरिक उन्मुक्ति पार्टीका संरक्षक समेत हुन् ।