२०८१ फागुन १५, बिहिवार , ०६:०५:५५ बजे

Sajhamanch
'

आइसीसी विश्वकप क्रिकेटः आज इङ्ल्यान्ड र नेदरल्यान्ड्स भिड्दै

बुधवार, कार्तिक २२, २०८०

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट अन्तर्गत आज साविक विजेता इङ्ल्यान्ड र नेदरल्यान्ड्सबीच खेल हुँदैछ। महाराष्ट्र क्रिकेट एशोसिएसन स्टेडियममा हुने आजको खेल अहिले २ः१५ बजे सुरु हुनेछ।

जोस बटलरको कप्तानीमा रहेको इङ्ल्यान्डले जारी प्रतियोगितामा खासै राम्रो प्रदर्शन गर्न सकेको छैन। हालसम्म ७ खेल खेलेको इङ्ल्यान्डले जम्मा १ खेलमा जित हात पारेको छ र अङ्क तालिकाको पुछारमा रहेको छ। उसको सेमिफाइनलमा पुग्ने सम्भावना पनि सकिएको छ।

यस्तै स्कट इडवार्ड्सको कप्तानीमा रहेको नेदरल्यान्ड्सले पनि निराशाजनक प्रदर्शन गर्दै आएको छ। जारी प्रतियोगितामा नेदरल्यान्ड्सले पनि ७ खेल खेलेको छ र २ मा जित हात पारेको छ। नेदरल्यान्ड्स अङ्क तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको छ। उसको पनि सेमिफाइनलमा पुग्ने सम्भावना सकिएको छ।

सम्बन्धित खबर