२०८१ फागुन १५, बिहिवार , ०५:१४:५३ बजे

Sajhamanch
'

विश्वकपमा छनोट भएका क्रिकेट खेलाडीले १३ लाख पाउने

मङ्गलवार, कार्तिक २१, २०८०

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले विश्वकपमा छनोट हुन सफल नेपाली क्रिकेट टोलीलाई नगद पुरस्कारबाट सम्मान गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।

राखेप कार्यकारी समितिका संयोजक राखेपका सदस्य–सचिव टंकलाल घिसिङको अध्यक्षतामा मंगलबार बसेको बैठकले सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने ट्वान्टी–२० विश्वकप क्रिकेटमा छनोट भएका टोलीलाई नगद पुरस्कार सिफारिस गर्ने निर्णय गरेको हो ।

१५ खेलाडी तथा समान एक–एक मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियो गरी जम्मा १९ जनाका लागि दुई करोड चार लाख ७५ हजार रुपैयाँ नगद पुरस्कार सिफारिस गर्ने निर्णय भएको छ ।

प्रतिखेलाडी १३ लाख, मुख्य प्रशिक्षकका लागि तीन लाख ९० हजार, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोका लागि एक लाख ९५ हजार नगद पुरस्कार सिफारिस गरिएको छ ।

गत आइतबार सम्पन्न आईसीसी पुरुष ट्वान्टी–२० विश्वकपको एसिया क्षेत्र छनोटको फाइनलमा पुग्दै नेपालले विश्वकपमा स्थान पक्का गरेको थियो ।

मङ्गलवार, कार्तिक २१, २०८० | खेलकुद, मिडियाबाट साभार