२०८१ फागुन १, बिहिवार , ०७:३६:१३ बजे

Sajhamanch
'

फेरि सर्‍यो कांग्रेस महासमिति बैठक

मङ्गलवार, कार्तिक २१, २०८०

काठमाडौँ । नेपाली कांग्रेसको मंसिर दोस्रो साता गर्ने भनिएको महासमिति बैठक मिति सरेको छ । कांग्रेस महासमिति बैठक अब पुस दोस्रो साता हुने भएको छ ।

कांग्रेसले मंगलबार केन्द्रीय कार्यालय सानेपालमा पत्रकार सम्मेलन गर्दै महासमिति बैठक सरेकोबारे जानकारी गराएको हो । कांग्रेसको महासमिति बैठक पुस १६ देखि १९ गतेसम्म सञ्चालन हुने कांग्रेस नेता मिनबहादुर विश्वकर्माले जानकारी दिएका छन् ।

यसअघि मंसिरको १३ देखि १५ सम्म महासमिति बैठक आयोजना गर्ने कांग्रेसको निर्णय थियो । आइतबार बसेको केन्द्रिय कार्यसमितिको बैठकले मंसिरको २९ देखि पुसको २ गतेसम्म महासमिति बैठक गर्ने भनेपनि चाडपर्वको कारण पुनः सार्नुपरेको विश्वकर्माले जानकारी दिए।

कांग्रेको महासमिति बैठक राष्ट्रिय मेलमिलाप दिवसको दिनबाट गर्ने मिति तय भएको उनको भनाइ थियो । ‘पहिला हामीले महासमिति बैठक मंसिरको १३-१५ मा गर्ने भन्यौँ । विभिन्न कारणले केही दिन धकेलियो । कार्यसम्पादन समितिको बैठकबाट मंसिर २९ बाट पुसको २ गतेसम्म गर्ने भन्यौँ । तर तिथिमिति हेर्दा फेरि पनि बदल्नु परेको हो, उनले भने, अब पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवसको दिनबाट १७, १८ र १९ गते ललितपुरको गोदावरीस्थित हलमा तोकेका छौँ ।’

कांग्रेस महासमिति बैठक ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा आयोजना गर्ने बताइएको छ ।

मङ्गलवार, कार्तिक २१, २०८० | मिडियाबाट साभार, राजनीति

सम्बन्धित खबर