![](https://sajhamanch.com/wp-content/uploads/2023/11/Min-BK-1699349450.jpg)
काठमाडौं । नेपाली कांग्रेसका नेताहरू बुधबार भूकम्प प्रभावित क्षेत्रको अनुगमनमा जाने भएका छन् ।
मंगलबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका नेता प्रभावित क्षेत्र जाने जानकारी दिए ।
“भोलि अनुगमनमा कांग्रेस जाँदै छ । महामन्त्रीद्ववय, केही केन्द्रीय सदस्य र कर्णाली प्रदेशका पार्टीका साथीहरू जाने । त्यहाँको स्थिति, राहत वितरणको अनुगमन गर्ने काम गर्छौँ,” उनले भने ।
जाजरकोट केन्द्रविन्दु भएर शुक्रबार राति गएको भूकम्पले पश्चिम नेपालमा ठूलो जनधनको क्षति गरेको छ ।