२०८१ माघ २५, शुक्रवार , ११:०६:५३ बजे

Sajhamanch
'

डेंगी संक्रमितको संख्या ४६ हजार नाघ्यो, काठमाडौंका २५ सयमा संक्रमण

मङ्गलवार, कार्तिक २१, २०८०

काठमाडौं । नेपालमा यो वर्ष डेंगी संक्रमितको संख्या ४६ हजार नाघेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकअनुसार जनवरीयता ६ नोभेम्बरसम्म ४६ हजार ३१९ जना संक्रमित भएका छन् ।

डेंगीका कारण जुलाईयता २० जनाको मृत्यु पुष्टि भएको छ ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा हालसम्म दुई हजार ५५३ जना संक्रमित भएका छन् । काठमाडौं जिल्लामा मात्रै एक हजार ५६९ जना संक्रमित भएको ईडीसीडीले जनाएको छ ।