२०८१ फागुन १, बिहिवार , ०७:१०:२५ बजे

Sajhamanch
'

एमालेको सचिवालय बैठक भोलि

मङ्गलवार, कार्तिक २१, २०८०

काठमाडौं । नेकपा एमालेले भोलि बुधबार दिउँसो सचिवालय बैठक बोलाएको छ ।

केन्द्रीय कार्यालय च्यासलमा सवा १२ बजे सचिवालय बैठक बोलाइएको कार्यालय सचिव डा.भिष्म अधिकारीले बताए ।

उनका अनुसार, आगामी केन्द्रीय कमिटीको एजेण्डा तय गर्ने, मध्यपहाडी लोकमार्ग भएर सञ्चालन हुने अभियानको कार्यक्रम तय गर्ने लगायतबारे छलफल गर्न बैठक बोलाइएको हो ।

आगामी मंसिरमा एमालेले धनगढीमा केन्द्रीय कमिटी बैठक बोलाएको छ । त्यस लगत्तै मध्य पहाडी लोकमार्ग भएर अभियान सञ्चालन गर्दैछ ।

मङ्गलवार, कार्तिक २१, २०८० | मिडियाबाट साभार, राजनीति

सम्बन्धित खबर