२०८१ फागुन ३, शनिवार , ०४:४९:४२ बजे

Sajhamanch
'

राष्ट्रपति पौडेल मंगलबार जाजरकोट र रुकुम पश्चिम जाने

सोमवार, कार्तिक २०, २०८०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल भूकम्पपीडितको अवस्था बुझ्न रुकुम पश्चिम र जाजरकोट जाने भएका छन् ।

राष्ट्रपतिको सचिवालयका अनुसार उनी मंगलबार त्यसतर्फ जान लागेका हुन् । आउँदो बुधबारदेखि जर्मनीसहित युरोपको भ्रमणमा जान लागेका राष्ट्रपति पौडेलले जनता दुःखमा रहेका बेला भ्रमणमा नजाने भन्दै युरोप भ्रमण स्थगित गरेका थिए ।

परराष्ट्रमन्त्री एनपी साउदलाई बोलाएर भ्रमण रद्द गरेको जानकारी गराएका पौडेलले जनताको दुःख बुझ्न त्यसतर्फ जाने तालिका बनाएको पौडेलका प्रेस संयोजक खिला कार्कीले सार्वजनिक गरेका छन् ।

सम्बन्धित खबर