२०८२ असार १६, सोमवार , ०७:३१:३९ बजे

Sajhamanch
'

नेप्से २१.३० अंकले बढ्यो, सबै उपसमूह हरियाली

सोमवार, कार्तिक २०, २०८०

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । सोमबार नेप्से २१.३० अंकले बढेर १८४७.५४ को विन्दुमा पुगेको छ ।

यस दिन २८३ धितोपत्रको ३५ लाख ५५ हजार ६७० कित्ता सेयर ९३ करोड ८९ लाख २९ हजार ४० रुपैयाँमा किनबेच भएको छ । सेन्सेटिभ इन्डेक्स पनि ०.९४ प्रतिशतले बढेर ३५५.७३ को विन्दु कायम भएको छ ।

आज सबै उपसमूहको समूहगत सूचकमा हरियाली देखिएको छ । १३ वटा उपसमूहमध्ये सर्वाधिक होटेल तथा पर्यटन उपसमूहको समूहगत सूचक सर्वाधिक ३.७३ प्रतिशतले बढेको छ ।

हाथवे इन्भेसमेन्ट नेपालको सेयर मूल्य सर्वाधिक ९.९८ प्रतिशतले बढेको छ । लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ४.२८ प्रतिशतले घटेको छ ।

सम्बन्धित खबर