२०८१ कार्तिक २९, बिहिवार , ११:१८:५० बजे

Sajhamanch
'

एकीकरण पछिको कलवलगुरी कृषि सहकारीमा चौलागाईं नेतृत्वको टिम सर्वसम्मत

आइतवार, कार्तिक १९, २०८०

भद्रपुर । कलवलगुरी कृषि सहकारी संस्था भद्रपुर १० को एकीकृत साधारणसभाले नारायणप्रसाद चौलागाइको अध्यक्षतामा ११ सदस्यीय नयाँ सञ्चालक समिति गठन गरेको छ ।

शान्ति कृषक, सिर्जनात्मक कृषि र कलवलगुरी कृषि सहकारी संस्थाको एकीकरण पछि आज भएको प्रथम साधारण सभाबाट उपाध्यक्षमा भूमादेवी घिमिरे, सचिव निर्माणकुमार नेपाल, सहसचिव चुरेन्द्र कठायत र कोषध्यक्षमा केशवप्रसाद कोइरालालाई निर्विरोध चयन गरेको हो ।

यसैगरी सदस्यहरूमा रामजी दाहाल, रामप्रसाद अधिकारी, लालबहादुर चाहार, नर्वदादेवी न्यौपाने, दुर्गा अधिकारी चयन भएका छन् । संस्थाको लेखा सुपरीवेक्षण समितिको संयोजकमा देवीप्रसाद दाहाल तथा सदस्यहरूमा हरिप्रसाद गौतम र कुलप्रसाद भट्टराई चयन भएका छन् ।

संयोजक देवीप्रसाद दाहालको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा प्रथम साधारण सभा सम्पन्न भएको थियो ।

सम्बन्धित खबर