२०८२ असार १७, मङ्गलवार , १२:०९:२२ बजे

Sajhamanch
'

राहत सामग्री लिएर गृहमन्त्रीसहितको टोली भूकम्प प्रभावित क्षेत्रमा जाँदै

आइतवार, कार्तिक १९, २०८०

काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा मन्त्री र सांसदहरूसहितको टोली भूकम्पपीडितको उद्दार, राहत र उपचार अवस्था बुझ्न केहीबेरमै प्रभावित क्षेत्र जाजरकोट र पश्चिम रुकुम जाँदै छन्।

नेपाली सेनाको जहाजबाट सुर्खेत पुगी त्याहाँबाट हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा पुग्ने उक्त टोलीले राहतका रूपमा एकहजार ५० स्लिपिङ ब्याग, दुईसय दुई त्रिपाल र एकसय ब्ल्याङ्केट समेत वितरण गर्नेछ।

टोलीमा उपप्रधानमन्त्री श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, उर्जामन्त्री शक्ति बस्नेत, सांसद एवम् माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा लगायत छन्।

आइतवार, कार्तिक १९, २०८० | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर