२०८२ असार १७, मङ्गलवार , ०४:११:१६ बजे

Sajhamanch
'

चार घण्टाभित्र पाँच भूकम्प गएका थिए जाजरकोटमा

शनिवार, कार्तिक १८, २०८०

काठमाडौं । जाजरकोट केन्द्रबिन्दु बनाएर गएराति पाँचवटा भूकम्प गएको छ । गएराति ११ बजेर ४७ मिनेट जाँदा पहिलोपल्ट भूकम्प गएको थियो । ६.४ म्याग्निच्युडको भूकम्पले अहिलेसम्म १६० जना बढीको ज्यान गइसकेको छ ।

पहिलो भूकम्प गएको करिब १५ मिनेटमै अर्को भूकम्पको झड्का महसुस भएको थियो । १२ बजेर २९ मिनेटमा ४.२ म्याग्निच्युड, त्यसको ६ मिनेटपछि फेरि ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो । बिहान ४ बजेर १६ मिनेट जाँदा ४.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

शनिवार, कार्तिक १८, २०८० | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर