२०८१ माघ १४, सोमवार , ०६:४६:५२ बजे

Sajhamanch
'

कोसी सरकारबाट एमाले बाहिरिने

शुक्रवार, कार्तिक १७, २०८०

काठमाडौं । कोसी सरकारमा सहभागी नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ । पार्टी केन्द्रको निर्देशानुसार नै एमाले बाहिरिन लागेको स्रोतले जानकारी दियो । त्यसबारेमा औपचारिक निर्णय भने सोमबार बिहान बस्ने संसदीय दलको बैठकले गर्नेछ ।

“सरकारमा माओवादी सहभागी हुने भएपछि हामी प्रतिपक्षमै बस्छौँ,” एमालेका एकजना प्रदेश सभा सदस्यले भने ।

एमालेका अर्का नेता रेवतीरमण भण्डारीका अनुसार मुख्यमन्त्रीसहित अन्य पार्टीका नेताहरुसँग पनि कुराकानी गरेर सोमबार बिहान बस्ने संसदीय दलको बैठकले मात्रै आवश्यक निर्णय गर्ने बताए ।

मुख्यमन्त्रीमा केदार कार्की निर्वाचित भएपछि नेकपा एमालेका तर्फबाट एकजना मन्त्री सहभागी भएका थिए । उनलाई फिर्ता बोलाउने तयारी एमालेको रहेको छ । एमालेका रामबहादुर राना सरकारमा सहभागी छन् ।

एमालेका ३० र कांग्रेसका ८ सांसदको समर्थनमा कार्की असोज २९ मा मुख्यमन्त्री नियुक्त भएका थिए । तर विश्वासको मत लिँदा एमाले, कांग्रेस, माओवादी केन्द्रका सबै सांसद कार्कीको पक्षमा उभिएका थिए ।

सम्बन्धित खबर