२०८२ असार १७, मङ्गलवार , १०:४४:०५ बजे

Sajhamanch
'

महोत्तरीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

शुक्रवार, कार्तिक १७, २०८०

जनकपुरधाम । महोत्तरीमा आफैले चलाएको ट्याक्टर पल्टिदा किचिएर चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्याक्टर चालक महोत्तरीकै पिपरा गाउँपालिका ६ बस्ने वर्ष ३६ का रामगुलाम यादव रहेका छन् ।

उनले चलाइरहेको प्रदेश २–०२–००१ त १९६९ नम्बरको ट्याक्टर आज दिउँसो महोत्तरीको लोहरपट्टी नगरपालिका ८ भ्रमपुराको बिगही नदिको किनारमा पल्टिदाँ उनको घटनास्थलमै मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए ।

ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । मृतकको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको र घटना विषयमा थप अनुसन्धन गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

शुक्रवार, कार्तिक १७, २०८० | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर